नेप्सेमा उछालसँगै बन्यो नयाँ रेकर्ड, २१ अर्ब ९१ करोड भन्दा बढीको कारोबार

आज सेयर बजारमा  हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन नेप्सेमा ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो । यसरी हेर्दा ३ वर्षपछि नेप्सेले दैनिक कारोबार रकमको पुरानो रेकर्डलाई तोड्दै नयाँ इतिहास रचेको छ ।

कारोबारसँगै नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ। लगातार २७ सयको बिन्दु तोड्ने प्रयास गरेको नेप्से परिसूचकले अन्ततः यो विन्दु पार गरेको छ।

मनोवैज्ञानिक रूपमा रहेको यो विन्दुमा यसअघिका तीन दिन लगातार पुग्दै फर्किदै गरेको थियो। बुधबार यो मनोवैज्ञानिक विन्दु पार गरेर नेप्से ६४.२५ अंकले बढेर नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ । त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

आज नेप्से परिसूचक २९ महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो।

आज १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सो बाहेक अन्य ११ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको