
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बुधबार विहान बाँडफाँट भएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरीस्थित कार्यालयमा भएको बाँडफाँटमा कुल आवेदकमध्ये ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२० कित्ता शेयर पाएका छन् ।
बाँडफाँट गर्दा बाँकी हुन आएको ९.५४५ कित्ता शेयरमध्ये नौ जनाले एक कित्ताका दरले र एक जनाले ०.५४५ कित्ता शेयर पाएका छन् ।कम्पनीको एफपीओमा परेका आवेदनमध्ये १५ लाख ६३ हजार ३२२ आवेदन सदर भएको र १ हजार १०१ आवेदन बदर भएको छ ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ६४ हजार ४२३१ आवेदकले २ करोड २१ लाख २७ हजार ८८० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।जसमध्ये १५ लाख ६३ हजार ३२२ कित्ता सदर भएको र १ हजार १०१ आवेदन बदर भएको छ ।
कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म अंकितमूल्य १०० रुपैयाँमा ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्कासन गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गरेको हो ।