कामना सेवा विकास बैंकमा नयाँ सञ्चालक नियुक्त

कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । गत सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

उनलाई आज (मंगलवार)बाट लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरिएको जानकारी कम्पनीले सूचनामार्फत गराएको छ । शर्मालाई सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त गरिएको भनाई समेत कम्पनीको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको