
लक्ष्मी सनराइन बैंकद्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांश घोषणा भएको छ ।
लक्ष्मी सनराइन क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले यी दुवै म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोष (LUK) ले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।