ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय सवारीसाधन खरीद गर्न चाहने व्यक्ति वा कम्पनीले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् नियमानुसार ३ कार्यदिनभित्र कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । बैंकले व्यक्तिगत प्रयोगकर्तालाई ‘अटो लोन’ तथा भाडाको प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर लाभान्वित गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको