नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ।
सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ । राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरेको छ।
मौद्रिक नीतिको पूर्णपाठ :