सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् ।

गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चन्दलाई कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् ।

चन्दलाई असार ३१ गतेदेखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको