त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालउ धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ १६ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत साउन १ गते बुक क्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते स्वीकृति पाएको थियो । कम्पनीले हकप्रदबाट जुट्ने रकम गणेश हिमालले प्रवद्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा ८० करोड लगानी गर्ने र बाँकी रकम ४० करोड ऋण भुक्तानीका लागि उपयोग गर्ने जनाएको छ ।