धितोपत्र बजारको स्थायीत्वको लागि पहल गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र बजारको विकास र दिर्घकालिन स्थायीत्वका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलवार धितोपत्र ब्रोकर्स एशोसिएसनको अध्यक्ष सागर ढकाल सहितको टिमसँगको भेटमा अर्थमन्त्री पौडेलले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन ।

धितोपत्र बजारप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यो क्षेत्रको विकासका लागि प्राथमिकताका साथ पहल गर्ने बताएका हुन । नयाँ ब्रोकर कम्पनीहरूको संगठनको रुपमा रहेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले अर्थमन्त्रीसँगको भेटका क्रममा समग्र धितोपत्र बजारको विकासका लागि नेतृत्वदायी भूमिका अर्थमन्त्रालयले खेल्ने विश्वास व्यक्त गरेका छन् ।

हाल धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहिन अवस्थामा रहनु र अर्थमन्त्रालयको प्रतिनिधिले बोर्ड अध्यक्ष सरह जिम्मेवारी पुरा गर्नु परेको अवस्थामा अर्थमन्त्री पौडेलले नेतृत्वदायी भूमिकामा बजार विकासका लागि काम गर्ने विश्वास एशोसिएसनले लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको