नेप्से करीब तीन वर्षयताकै उच्च कारोबार

नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २ दशमलव ३३ प्रशित बढेर २ हजार ३६४ दशमलव ६३ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ९ अर्ब भन्दा बढीको कारोबार भएकोमा आज १२ अर्ब भन्दा बढी पुगेको छ ।
यो कारोबार रकम करीब ३ वर्षयताकै उच्च हो । २०७८ भदौ १५ गते रू.१३ अर्ब १६ करोड बराबरको कारोबार भएको थियो ।

लगानीकर्ताको मनोबल उच्च हुँदा शेयर बजारले गति लिएको हो। पछिल्ला दिनको कारोबार रकममा आएको वृद्धि र नेप्से सूचक वृद्धि हेर्दा बजारले बुलिस बाटोको प्रारम्भिक तहहरु समाएको जानकारहरु बताउँछन् । आज इन्ट्राडेमा करेक्सन भएर बजार बढ्यो । न्यून विन्दु २ हजार ३११ दशमलव ९३ विन्दुसम्म पुगेर बजार अन्त्यमा २ दशलमव ३३ प्रतिशत बढेर बन्द भएको छ ।  नयाँ सरकार गठन, विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्ति अनि ब्याजदर थप घटेकाले शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।

बुधवार सेन्सेटिभ इन्डेक्स २ दशलमव ५० प्रतिशत,फ्लोट इन्डेक्स २ दशलमव ३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशलमव  ६१ प्रतिशत वृद्धि भएको छ ।
३०६ धितोपत्रको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर १ लाख ४९ हजार ६८१ पटकमा रू. १२ अर्ब ५ करोड भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.६०३ दशमलव ९० पुगेको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू.२०७ दशमलव ४० पुगेको छ ।

बुधवार सिटिजन्स म्युुचुअल फण्ड २ का इकाईधनीहरुले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ९ दशमलव ९० प्रतिशत घटेसँगै धेरै गु्माएका हुन । मूल्य रू. ९ दशमलव ४६ मा झरेको छ । त्यस्तै दोस्रोमा १० प्रतिशत एनएमबि डिबेञ्चर २०९० नामक ऋणपत्रको मूल्य ७ दशमलव ७२ प्रतिशत घटेर रू. १ हजार ३१ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिगंटी हाइड्रो इनर्जीले ओगटेको छ । यस कम्पनीको रू.२३ करोड ५८ लाख बराबरको कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. २२ करोड ७१ लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचक सबै बढेका छन् । सबैभन्दा बढी ब्यापार समूहको सूचक ७ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ५ दशमलव ५५ प्रतिशत,वित्त समूहको सूचक ५ दशमलव ५० प्रतिशत र विकास बैंक समूहको सूचक ४ दशलमव ०९ प्रतिशत वृद्धि भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको