रिलायन्स स्पिनिङ्ग मिल्सले अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्यो आईपीओ निष्कासन

रिलायन्स स्पिनिङ्ग मिल्सले आजदेखि निष्कासन गर्ने तय भएको आईपीओ रोक्का राखेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डले असार २६ गते आईपीओ निष्कासनको प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन प्राप्त भएकाले आईपीओ रोक्का गरिएको जनाएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आजदेखि आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको थियो । तर अब भने यो आईपीओ रोक्का राखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको