कम्पनीले आम सर्वसाधारणका लागि २०७८ असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सोही वर्षको असार २३ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
संस्थाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी असार २२ गते समाप्त भएकाले उक्त अवधिभर लक इनमा रहेका संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको संस्थाले जनाएको छ ।

