आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापकतर्फको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले केहि संस्थापक शेयरधनीले आंशिक तथा पुरा शेयर बिक्री गर्न इच्छा राखि निवेदन दिएकोमा सूचना प्रकाशित गरि बिक्रीमा राखिएकोमा संस्थापक लगानीकर्ताको निवेदन नपरेको बताएको छ ।

कम्पनीले बिक्री गर्न लागेको शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले पनि खरिद गर्न पाउने छन् ।शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

कम्पनीले शेयरको परिमाण तथा न्यूनतम मूल्य भने तोकेको छैन । आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको