श्रीराम सुगर मिल्सको चार आर्थिक वर्षको साधारण सभा साउन ११ गते हुने

श्रीराम सुगर मिल्स लिमिटेडले चार आर्थिक वर्षको वार्षिक साधारण सभा साउन ११ गते गर्ने भएको छ । कम्पनीले २६औं,२७औं,२८औं र २९औं वार्षिक साधारण सभा अर्पण ब्याक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले  आगामी कार्यकालको लागि सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको