नेपाल बैंक र काठमाडौं  महानगरपालिकाबीच सम्झौता

नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता भएको छ । मंगलवार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार महानगरअन्तर्गतका सामुदायिक विद्यालयलाई बैंकले विशेष छूटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयमा कार्यरत स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीले बैंकका सबै शाखाबाट छूटसहित आकर्षक बैंकिङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको