आँखुखोला जलविद्युतले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट उक्त हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएसँगै कम्पनीले साउन १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

हकप्रद शेयर निष्कासनको मितिभने कम्पनीले तय गर्न बाँकी छ । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयधरनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
यस कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको