साल्ट ट्रेडिङले बढायो खाने नुनको मूल्य

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । मंगलवार राति १२ बजेदेखि लागू हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी उपभोक्ताले न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँमा पाउनेछन् । यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरूलाई मात्र सहुलियत रूपमा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको