एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि आवश्यक काम गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आइतवार कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश खालिङ्ग र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले विक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९२ नामको प्रतिऋणपत्र एक हजार रुपैयाँ दरको ३० लाख इकाई निष्कासनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले अब समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारण र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री हुनेछ ।
१० वर्षे अवधि रहने यो ऋणपत्रको ब्याजदर वार्षिक ७ दशमलव ५ प्रतिशत रहने र ब्याज रकम अर्धवार्षिकरूपमा भुक्तानी हुने जानकारी बैंकले दिएको छ ।