सपोर्ट लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय सस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको