बैंकिङ्ग समूह बढेसँगै बढ्यो नेप्से

नेप्से परिसूचक १६ दशमलव २९ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको हो ।लगातार तीन कारोबार दिन घटेको बजारमा आज खरीदकर्ता सक्रिय भएसँगै बजार बढेको देखियो ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन रू.३ अर्ब ६० करोड बराबरको कारोबार हुँदा आज २ अर्ब ९९ करोडमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ८४ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ९९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १८ प्रतिशत वृद्धि भएको छ ।

३२३ धितोपत्रको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर ४४ हजार १६९ पटकमा रू.२ अर्ब ९९ करोड बराबरको कारोबरा भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. २९९ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ दशमलव ४७ प्रतिशत बढेर रू. ४७४ पुगेको छ ।
सोमवार नेपाल फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.८७३ मा झरेको छ । त्यस्तै दोस्रोमा मोलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ दशमलव ४४ प्रतिशत घटेर रू. ६३९ दशमलव १० कायम भएको छ ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. ११ करोड ८५ लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको हो । सबैभन्दा बढी बैकिङ्ग समूहको सूचक २ दशमलव ०४ प्रतिशत बढेको छ भने वित्त समूहको सूचक शून्य दशमलव ८३ प्रतिशत घटेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको