सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले दुई लघुवित्तबीचको मर्जर तथा प्राप्ति प्रक्रियालाई असार १३ गते अन्तिम स्वीकृति प्रदान गरेको पत्राचार गरेपछि ‘सम्पदा लघुवित्त’को नामबाट एकीकृत कारोबार हुने निश्चित भएको हो ।
नेपाल राष्ट्र बैंकले असार १३ गतेको पत्र पठाउँदै दुवै लघुवित्तहरूलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो ।