एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पनि लाभांश दिएको थिएन ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने प्रयोजनका लागि राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्ने छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको