अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ताम्राकार पार्टी भेन्यु, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।