भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ । भर्चुअल विधिमार्फत कम्पनीले दिनको ३ बजे सभा गर्न लागेको हो ।
सम्बन्ध्ती शेयरधनीहरूलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराईने जानकारी कम्पनीले दिएको छ । कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।