अप्पर स्याङ्गे हाईड्रोपावरको नोक्सानी घट्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड ३४ लाख १७ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिसम्म ३ करोड ९२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष उल्लेख्य मात्रमा खुद नोक्सानी घटाएको हो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष २ करोड ३४ लाख रूपैयाँभन्दा बढी माक्र विद्युत वित्री आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ६ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च गत वर्ष ४ करोड ८ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ९ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी २२ करोड रूपैयाँ छ । जगेडा कोष रकम भने ७७ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

दिर्घकालिन कर्जा गत वर्ष ३४ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३४ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेकिो छ । अल्पकालिन कर्जा भने गत वर्ष ३ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ४ करोड रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ४ रूपैयाँ ९१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६४ रूपैयाँ ७३ पैसा छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको