मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९०० कित्ता शेयरको लकइन आगामी जेठ १६ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक शेयरधनी डोल्मा इम्प्याक्ट फण्ड–आईको प्रतिनिधिले सञ्चालकबाट राजिनामा दिएको र उक्त राजिनामा २०८० साल जेठ १७ गतेको कम्पनी सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी स्वीकृत भएको थियो ।
उक्त कम्पनीको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर एक वर्षसम्म कारोबार गर्न नसकिने गरी रोक्का रहेको थियो । एक वर्ष लकइन अवधि समाप्त भएपनि आगामी जेठ १६ गतेपछि भने यी शेयर कारोबारयोग्य हुनेछन् ।