बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ।
यो दिन पोखरा फाइनान्स र गुराँस लघुवित्तका शेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको शेयरभाउमा माथिल्लो सर्किट लागेको छ। आज माई खोला हाइड्रोपावरका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले ओरालो लागेको छ।