कतार र नेपालका राष्ट्रिय समाचारसंस्थाहरूबीच समाचार आदानप्रदान र सहकार्यसम्बन्धी सम्झौता, शिक्षा तथा उच्चशिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी समझदारी, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारी, दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी, नेपालको इन्स्टिट्यूट अफ फरेन अफेअर्स र कतारको कूटनीतिक निकायबीच कर्मचारीहरूलाई तालिम आदानप्रदान गर्ने विषयमा समझदारी लगायतका समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सरकारी स्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुइटा सम्झौता भएका छन् । त्यसमा नेपालका तर्फबाट उद्योग वाणिज्य महासङ्घ र कतारका तर्फबाट त्यहाँको निजी क्षेत्रका व्यवसायीहरूको संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

