![कतारका राजा थानी स्वदेश फर्किए](https://sancharmandu.com/wp-content/uploads/2024/04/qater-king.jpg)
कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । मंगलबार काठमाडाैं ओर्लेका राजा थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल राजा थानीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसकासाथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थलमा उपस्थित थिए ।
राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन्। बिदाइ समारोहमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियाे ।