४ वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

पाल बैंक लिमिटेडले ४ आर्थिक वर्षको पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त अवधिको लाभांश केहि सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले ती सेयरधनीहरुलाई उक्त लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।

सेयरधनीहरुले आवश्यक कागजातसहित स–प्रमाण कम्पनीको रजिष्ट्रार हिमायलय क्यापिटल लिमिटेड(साविकको सिभिल क्यापिल मार्केट)ठमेल,काठमाण्डैमा निवेदन पेश गरी नगद तथा बोनस लाभांश लिन सक्नेछन् ।

यसका साथै आव २०७५/७६ देखि २०७८/७९ सम्मको बोनस सेयरहरु सिधै हितग्राही खातामा जम्मा हुने र नगद लाभांश सिधै हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपीएसमार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा हुने हुँदा हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाइै बैंकले अद्यावधिक गराउन आग्रह गरेको छ ।

यसका साथै बैंकले हितग्राही खाता नखोलेका सेयरधनीहरुलाई हितग्राही खाता खोल्न र भोतिक सेयर अभौतिकिकरण गर्न बाँकी भएमा अभौतिकिरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको