
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हाे। जसमध्ये १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लभांश रहेको छ।
चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।