
एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड अन्तर्गत इकाईहरु खरिद बिक्री, सिस्टामेटिक इन्भेष्टमेन्ट प्लान दर्ता र SIP सेवा प्रदान गर्ने उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बीच एक आपसमा चैत १८ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौता अनुसार क्यापिटलको SIP सेवा अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सजिलै उपलब्ध गर्न सक्नेछन्। देशभर रहेका लगानीकर्ताहरुलाई एनआईसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच होस भन्ने उदेश्यले महालक्ष्मी विकास बैंकलाई वितरक नियुक्ति गरेको छ । साथै यस सुविधाले वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सजिलो सरल र सहज रूपमा बैंकको कार्यालयबाट यो सुविधा लिन सकिने छन्। महालक्ष्मी विकास बैंकले पहिलो चरणमा आफ्नो केन्द्रिय कार्यालय दरबारमार्गबाट यो सेवा संचालन गर्ने छ र क्रमश हरेक प्रदेशमा पहुच हुने गरि प्रदान गरिने छ ।
हाल एनआईसी एशिया क्यापिटलले यो सेवा मन्जुश्री फाईनान्स लिमिटेड र समृद्धि फाईनान्स लिमिटेड संग साझेदारी गरि देशभर रहेका नेपाली लगानीकर्ताहरूलाई लगानीमा पहुँच विस्तार गर्दै आइरहेको छ । साथै एनआईसी एशिया बैंकको सम्पुर्ण शाखा कार्यालयबाट पनि यो सेवाहरु प्रदान गर्दै आई रहेको छ ।