सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको आज २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिसहत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड रहेको छ ।

कम्पनीले वैशाख १२ गते बुधबार साधारणसभा आह्वान गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको