चिरख्वा हाइड्रोपावरको लक इन अवधि वैशाख १५ गते समाप्त हुने

चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख १५ गते समाप्त हुने भएको छ ।

कम्पनीले एक सूचना  जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।

उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको