सर्वोत्तम सिमेन्टको आईपीओ भोलि शुक्रबार बाँडफाँट हुदै

सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिने छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको