लोअर इर्खुवाको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनी नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमो लोअर इर्खुवाले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।