यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले ‘मेरो सेयर’बाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट देशकै पहिलो कम्पनी हो ।

