सूर्य ज्योति लाइफले बनायो शेयरधनीको हात खाली

सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको छ । कम्पनीका फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीले आव २०७९/८० को मिति २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरण अनुसार साविकको ज्योति लाइफ इन्स्योरेन्स मुनाफामा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने र साविकको ज्योति लाइफको पूँजी,रिजर्भ,लगानी रकम,जीवन बीमा कोष लगायतको सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा समायोजन गर्ने निर्णय गरेको छ ।

कम्पनीले आव २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्तावसहित कम्पनीको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।

साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कायम भई २०७९ पुस ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको