
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको लागि आवश्यक खर्च जुटाउन लागेको छ । कम्पनीले आईपीओ जारी गर्नका शेयर रजिष्ट्रार कम्पनीलाई बुझाउनुपर्ने रकमको जोहो संस्थापक शेयर विक्रीबाट गर्न लागेको हो । यस कम्पनीको संस्थापकहरूले चुक्ता गर्न बाँकी रहेको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले विक्री गर्न लागिएको छ ।
उक्त शेयर विक्रीका लागि १५ दिनको अवधि तोकिएको छ । उक्त अवधिमा शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन पर्न नआएमा स्वतः शेयर लिन नचाहेको मानी नयाँ शेयर खरीकर्तालाई यी शेयर खरीदका लागि आह्वान गरिने जानकारी कम्पनीले दिएको छ ।
यस विषयमा पछि कसैको दावी विरोध गर्न नपाउने कुरामा समेत सर्वसहमत निर्णय भएको जानकारीसमेत कम्पनीले दिएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव फागुन ३ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।