त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति चैत ८ गते रहेको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।