कामना सेवा विकास बैंकको सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आगामी माघ २३ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको