श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले  आगामी फागुन २ गतेका लागी विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।

सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको