लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो ।

उक्त कार्यका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात् १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने बतााएको छ ।
सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले भोजपुर जिल्लामा निर्माण गरिरहेको तल्लो इर्खूवा जलविद्युत आयोजनाको निर्माणको कामअन्तिम चरणमा पुगेको छ  ।

यो १४.१५ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङ उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरुको खरिद, हाइड्रो मेकानिकल उपकरण्हरुको खरिद तथा निर्माण तथा प्रसारण लाइनको व्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले बताएको छ ।
करिब २ अर्ब ९९ करोड रुपैयाँमा सम्पन्न हुने यस आयोजनाको लागि माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक र ज्योति विकास बैंकको सहवित्तीयकरणमा ऋण सुविधा प्राप्त भइसकेकको छ ।

आयोजनाबाट चालू आर्थिक वर्ष भित्र विद्युतको व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको