चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा

चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा  गरेको हो ।

कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख रहेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले पुस २० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको