स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले पुस ४ गते काठमाडौँको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजेको लागि सभा आह्वान गरेको छ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको