नेपाल एसबिआई मर्चेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज सम्पन भएको छ । नेपाल एसबिआई बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आव २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै यस कम्पनीको आज सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई नियुक्त गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको