प्रभु क्यापिटल लिमिटेड र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच कातिक २३ गते एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजमा एक कार्यक्रम बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको छ ।
एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यस सहकार्य गरिएकाे हाे ।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक के. कार्कीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिती रहेको थियो ।