बोर्डले ब्रोकर मार्फत आफूले पाउने शुल्क समेत १० प्रतिशत बिन्दुले घटाएको भनाइ छ । हाल बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्क बापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएकोमा अब ब्रोकरबाट नियमन शुल्कबापत ०.५४ प्रतिशत लिने निर्णय भएको बोर्ड स्रोतले बतायो ।
यस्तै लगानीकर्ताले गर्ने कारोबारबापत नेप्सेले प्राप्त गर्ने शुल्कबापत आफूले प्राप्त गर्ने कमिसन समेत घटाएको स्रोतले बतायो । उक्त शुल्क ७ प्रतिशत बिन्दुले घटाएको छ। हाल लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ। अब भने बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ।
‘ब्रोकर कमीसन १० प्रतिशत र बोर्डले लगानीकर्ताबाट प्राप्त गर्ने शुल्क पनि ७ प्रतिश्त विन्दुले घटाउने निर्णय भएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘ब्रोकर कमिसन मात्रै घटाउने निर्णय भएको छैन । ब्रोकरले नियमन शुल्क बापट ब्रोकर कमिसनबाट बोर्डलाई बुझाउनुपर्ने हिस्सा पनि १० प्रतिशतले घटाएका छौं ।’
यसअघि बोर्डले ०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । हाल ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत कमीसन लाग्नेमा अब ०.३६ प्रतिशत लाग्ने भएको छ । यस्तै ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत रहेको कमिसन घटेर ०.३३ प्रतिशत कायम भएको छ ।
यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन रहेकोमा अब ०.३०६ प्रतिशत कायम हुने बोर्ड स्रोतले जनाएको छ ।
२० लाखदेखि एक करोड रूपैयाँसम्ममा ०.३० प्रतिशत रहेको ब्रोकर कमिसन अब ०.२७ प्रतिशत र एक करोडमाथि ०.२७ प्रतिशत रहेको कमिसन अब ०.२४३ प्रतिशत हुने भएको छ ।
केही समय अगाडि धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन प्रस्तावसँगै बोर्डको कमिसन घटाउन प्रस्ताव पनि लैजाने बताएका थिए । सोही अनुसार उनले ब्रोकर कमिसनसँगै धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सञ्चालक समितिबाट पारित गराएको छन् ।
ब्रोकर कमिसन घटेसँगै कारोबार भोल्युम बढ्ने र त्यसबाट ब्रोकरको आम्दानी पनि बढ्न गई सेयर ब्रोकर सस्टेन हुने विश्वास लिएको बोर्डका अधिकारीहरु बताउँछन् ।
ब्रोकर कमिसन घटाउन निर्णयसँगै बुधबार सेयर बजारमा पनि उच्च वृद्धि भएको छ ।
‘ब्रोकर कमिसन घट्दा बजारमा उत्साह बढ्ने र कारोबार पनि बढ्छ भन्ने विशवास छ,’ बोर्ड स्रोतले भन्यो, ‘कारोबार बढ्दा हाम्रै आम्दानीमा पनि खासै घट्दै अहिले नबढे पनि कही फरक पर्दैन भन्ने हो ।’