मिर्मिरे लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज असोज २५ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ।

संस्थाले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको छ।

मिर्मिरे लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यो एफपीओको निष्कासन बन्द छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते बैंकिङ समयपछि हुनेछ।

मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको