नेपाल राष्ट्र बैंकले आज असोज १९ गतेदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि ८७९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ २० रुपैयाँ बिस तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश रहेको छ । नोट राष्ट्रको सम्पत्ति भएकोलेनोटको जतन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
नोटको अगाडी र पछाडी निम्न विशेषता छन् ।
नोटको अग्र भागमा
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३.नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “वि.सं. २०७९ ” लेखिएको ।
नोटको पृष्ठ भागमा :
१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK” लेखिएको ।
२.नोटको मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र रहेको ।
३.नोटको तल्लो भागमा अंग्रेजीमा “ RUPEES TWENTY” लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा “2023 A.D. ” लेखिएको ।